बढि मुल्यमा प्याज बेच्ने व्यवसायी प्रहरी नियन्त्रणमा

ओकेखबर संवाददाता ३१ भाद्र २०७७, बुधबार १०:१९ मा प्रकाशित ( साल अघि) १०४६ पाठक संख्या

भारतबाट प्याज आउन रोकियपछि नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । बुधबार बल्खु बजारबाट एक जना व्यवसायी प्रहरी फन्दामा परेका छन् ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ ।

उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको छ ।  सोमबारसम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो ।


सम्बन्धित खबरहरु