नेपालीलाई घर फर्किन नाका खुल्ला

ओकेखबर संवाददाता ३१ भाद्र २०७७, बुधबार ०७:४८ मा प्रकाशित ( साल अघि) ५३३ पाठक संख्या

मन्त्रिपरिषद् बैठकले भारत र चीनमा समस्या परेका नेपालीलाई प्रवेश गर्न थप ३ वटा नाका खुल्ला गर्ने निर्णय गरेको छ । चीनमा समस्यामा परेका नेपालीहरूलाई रसुवागढी नाकाबाट प्रवेश खुल्ला गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

यस्तै, भारततर्फ समस्यामा परेका नेपालीलाई इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट प्रवेश गर्न अनुमति दिने निर्णय भएको ज्ञवालीले बताए ।

सरकारले यअअघि नै भारतमा समस्यामा रहेका नेपालीका लागि १० नाकाबाट प्रवेश अनुमति दिएको थियो ।


सम्बन्धित खबरहरु