एसईई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

ओकेखबर संवाददाता १ भाद्र २०७७, सोमबार १८:४० मा प्रकाशित ( साल अघि) १२६० पाठक संख्या

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।परीक्षाफल प्रकाशन भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । जसका लागि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.see.gov.np/exam/results , राष्ट्रिय परीक्षा बोर्डको https://www.neb.gov.np/results , शिक्षा विभागको http://doe.gov.np/ शिक्षा मन्त्रालयको वेबसाइट https://moe.gov.np/ र नेपाल टेलिकमको https://see.ntc.net.np/ मा गएर हेर्न सकिन्छ।

परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो ।

२० साउनमै परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न सकेको थिएन ।

सरकारले नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि नतिजा सार्वजनिक गरेको हो । यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी छन् ।

 


सम्बन्धित खबरहरु