एसईईको नतिजा सार्वजनिक हुने दिन तोकियो

ओकेखबर संवाददाता ३२ श्रावण २०७७, आईतवार १७:५७ मा प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए ।

‘दुई/तीन दिनभित्र नतिजा सार्वजनिक गछौं । कोरोना भाइरसका कारणे ढिला भएको हो । सरकारले बैठकसमेत नराख्न भनेको छ । मार्कसिट पनि पठाउने अवस्था छैन । यद्यपि, नतिजा अब सार्वजनिक गछौं,’ उनले भने ।

२० साउनभित्र नै नतिजा सार्वजनिक गर्ने तयारी गरेपनि कोरोना संक्रमितको सङ्ख्या बढेपछि रोकिएको थियो । यो वर्ष कोरोनाका कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनकै आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो ।


सम्बन्धित खबरहरु