स्नातक तहको परीक्षा स्थगित

ओकेखबर संवाददाता २० श्रावण २०७७, मंगलवार ०७:४४ मा प्रकाशित ( साल अघि) २९० पाठक संख्या

काठमाडौं ।  ८ भदौबाट संचालन गर्ने भनिएको स्नातक तहको परीक्षा स्थगन गरिएको छ । चिकित्सक शास्त्र अध्ययन संस्थान, डीनको कार्यालयले सोमबार सूचना निकालेर यस्तो जानकारी दिएको हो ।

कोरोना भाइरसको जोखिम कायम रहेको, कतिपय ठाउँमा निशेधाज्ञा लागेको र प्राकृति प्रकोपका कारण सडकसमेत अवरुद्ध भएकाले पूर्व प्रकाशित परीक्षा कार्य तालिका अर्को सूचना जारी नगर्दासम्मलाई स्थगन गरिएको कार्यालयले जनाएको छ ।

अवस्थामा सुधार आउनासाथ अर्को कार्यतालिका सार्वजनिक गरिने जारी सूचनामा उल्लेख छ ।


सम्बन्धित खबरहरु