७० प्रतिशत हाजिर नभएका विद्यार्थीले अन्तिम परीक्षा दिन नपाउने

ओकेखबर संवाददाता ९ श्रावण २०७७, शुक्रबार ०८:२८ मा प्रकाशित ( साल अघि) ५४३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षासम्बन्धी कार्यविधि जारी गरेको छ । परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सहज होस् भनी बोर्डले कार्यविधि तयार पारेको हो ।

यही ६ साउनमा बसेको बैठकको निर्णयअनुसार कार्यविधि जारी गरिएको शुक्रबार एक सूचनामार्फत बोर्डले जानकारी गराएको छ ।

कार्यविधिअनुसार कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन पाउने छैनन् ।

यो वर्षदेखि कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ ।


सम्बन्धित खबरहरु