अनलाइन कक्षा ८ साउनदेखि पुन: सुचारु हुने

ओकेखबर संवाददाता ७ श्रावण २०७७, बुधबार २१:३८ मा प्रकाशित ( साल अघि) ४५३ पाठक संख्या

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले अनलाइन कक्षा पुनः सुचारु गर्ने भएका छन् ।

निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो ।

विद्यालय सञ्चालक, शिक्षक र अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायतका क्रियाकलाप थाल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको छ ।

यसैबीच, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विद्यालय पुनः सञ्चालनका विषयमा प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ र शिक्षकहरूसँग मन्त्रालयमा छलफल गरेका थिए । छलफलमा सहभागी अधिकांशले विद्यालय खोल्नुपर्ने सुझाव दिएका थिए ।

प्याब्सन र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा बन्द गरेका थिए । शिक्षा मन्त्रालयद्वारा जारी निर्देशिका अनुसार १ असारदेखि अनलाइन कक्षा सञ्चालन हुँदै आएको थियो ।


सम्बन्धित खबरहरु