विद्यालय नचल्दा माछा मार्दै बालिका, डुबेर एकको मृत्यु

ओकेखबर संवाददाता ४ श्रावण २०७७, आईतवार ११:१० मा प्रकाशित ( साल अघि) ४३० पाठक संख्या

टीकापुर । लामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन् ।  अवीरल वर्षाका कारण उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का बोकेर माछा मारिरहेका छन् ।

पानीमा माछा मार्न स्वास्थ्य तथा सुरक्षाका हिसाबले जोखिम हुन्छ, तर थारू समुदायमा परम्पराका रुपमा रहेको माछा मार्ने चलन अहिले पनि अभ्यासमा छ । बर्सातमा धानखेती लगाइसकेपछि फुर्सदको समयमा थारू समुदायका महिला दिनभरि माछा मारेर साँझ तरकारीको जोहो गर्ने गर्दछन् ।जोशीपुरका बालिका आमासँगै फुर्सदको समयमा नदी तथा खोला किनारमा माछा मार्न जाने गरेको उनीहरु बताउँछन् ।

त्यसो त कैलालीको घोडाघोडीमा माछा मार्ने क्रममा शनिबार नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी–६ वसन्ताका माधव चौधरीकी १२ वर्षीया छोरी मानवी चौधरीको नालामा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिषशरण भट्टका अनुसार शनिबार माछा मार्न गएकी बालिका मृतावस्थामा फेला परेकी हुन् । साथीसँग नालामा माछा मार्न गएकी बालिकाको पौडिन नजान्दा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित खबरहरु