तीन दिनभित्र अनलाइन कक्षा सुचारु गर्न शिक्षकहरूको अल्टिमेटम

ओकेखबर संवाददाता १ श्रावण २०७७, बिहीबार २०:११ मा प्रकाशित ( साल अघि) ४३४ पाठक संख्या

काठमाडौं । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’ दिएको छ । आफ्नो माग पूरा नभए आफूहरूले कडा संघर्षका कार्यक्रम गर्ने संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा बताउँछन् ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) को अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई युनियनले आत्मघाती तथा दादागिरीशैलीको निर्णय भनेको छ ।

युनियनले प्याब्सन र एनप्याब्सनको निर्णयले बालबालिकाको पढ्ने पाउने संवैधानिक हक खोसेको जनाएको छु । विद्यालय सञ्चालकहरूले विषम परिस्थितिमा संविधान, शिक्षा ऐन, श्रम ऐन र नियमावलीहरू उल्लंघन गरेको उनीहरूको निचोड छ ।

‘लकडाउनका कारण सिर्जित समस्यालाई लिएर शिक्षक महासंघ, अभिभावक संघ, प्याब्सन, एनप्याब्सन र यस युनियनका बीचमा गम्भीर छलफल र आपसी सहकार्य भइरहेको अवस्थामा जारी अनलाइन कक्षा बन्द गर्दै शिक्षक कर्मचारीलाई बेतलबी घर विदा दिने प्याब्सन र एनप्याब्सनको दादागिरी शैलीको एकलौटी निर्णयले हामी स्तब्ध भएका छौं’ युनियनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्याब्सन र एनप्याब्सनले लकडाउन अवधिको शूल्क लिन नपाएको, शिक्षक कर्मचारीलाई तलब खुवाउन नसकेको र सरकारले सहजीकरण नगरेको भन्दै साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेको छ ।


सम्बन्धित खबरहरु