देशैभर अनलाइन कक्षा बन्द गर्ने निर्णय, शिक्षकलाई बेतलबी बिदा

ओकेखबर संवाददाता ३१ असार २०७७, बुधबार १८:५४ मा प्रकाशित ( साल अघि) ५८६ पाठक संख्या

काठमाडौं । लकडाउनको कारण देशैभर सञ्चालन हुँदै आएको अनलाइन कक्षा भोलि (बिहीबार) देखि नहुने भएको छ। नेशनल प्याब्सन र प्याब्सनले साउन १ गतेदेखि शिक्षकलाई बेतलबी बिदा बस्न भन्दै अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेको हो।

बुधबार नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीद्वारा जारी बिज्ञप्तीमा आर्थिक समस्याका कारण शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उल्लेख गरिएको छ।

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’

लामो समयसम्म लकडाउन भएपछि उनीहरूले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए। असार २१ गते गरिएको सहमती अनुसार शिक्षा मन्त्रालयले ठोस निकास दिन नसकेको उनीहरुको भनाई छ।


सम्बन्धित खबरहरु