कोरोना महामारीकाबीच विद्यालय खोल्ने ट्रम्पको याेजना विवादमा

ओकेखबर संवाददाता २५ असार २०७७, बिहीबार ०७:५४ मा प्रकाशित ( साल अघि) ५९५ पाठक संख्या

विश्व महामारी कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलक अमेरिकामा सङ्क्रमणको दर तीव्र बन्दै गर्दा ट्रम्प प्रशासन भने विद्यालयहरू पुन खोल्ने योजनाले विवाद निम्त्याएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्टर फर डिजिज कन्ट्रोल (सीडिसी)ले आधिकारिक सुझावको रूपमा स्कूलहरूका निम्ति जारी गरेको निर्देशिकालाई कठिन, महङ्गो र अव्यवहारिक भनेर निन्दा गरेको बीबीसीले जनाएको छ ।

उनले शरद याममा नखुल्ने विद्यालयलाई सरकारी सहयोग कटौती गरिदिने धम्की पनि दिए। अमेरिकामा सामान्यतया अगस्ट वा सेप्टेम्बरको सुरुमा शैक्षिक सत्र सुरु हुन्छ।

यसअघि सीडिसीले जारी गरेको निर्देशिकामा विद्यार्थी तथा कर्मचारीले मास्क लगाउनु पर्ने र आवश्यक परे घरमै रहनुपर्ने उल्लेख थियो। साथै विद्यालयहरूले लचिलो कार्य समय लागु गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख थियो।

ह्वाइट हाउसकी प्रेस सचिव केले मकइनानीले राष्ट्रपति ट्रम्पले विद्यार्थीहरू सुरक्षित रहुन् भन्ने चाहेको बताइन्।
अर्थतन्त्र तथा विद्यालय खोल्ने विषयमा राष्ट्रपति ट्रम्प तथा उनका स्वास्थ्य सल्लाहकारबीच भिन्नता बढ्दो देखिएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या ३० लाख नाघेको छ।

साथै एक लाख ३१ हजारभन्दा धेरै मानिसले कोभिड-१९ का कारण त्यहाँ ज्यान गुमाइसकेका छन्।


सम्बन्धित खबरहरु