धादिङको नीलकण्ठ क्याम्पसकी विवेचना सिलवाल स्नातक तह प्रथम वर्षमा नेपाल प्रथम

ओकेखबर संवाददाता २४ असार २०७७, बुधबार २१:५१ मा प्रकाशित ( साल अघि) ३२७० पाठक संख्या

धादिङ । धादिङबेशीमा रहेको नीलकण्ठ बहूमुखी क्याम्पसकी विद्यार्थी विवेचना सिलवाल त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र सङ्कायको परीक्षामा नेपाल प्रथम भएकी छिन् ।

गत भाद्रमा लिइएको परीक्षामा शिक्षाशास्त्र संकाय अन्तरगत अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क अर्थात ७०.८३ प्रतिशत सहित नेपाल प्रथम भएकी हुन् ।

त्यस्तै सोही तहमा अध्ययनरत नीलकण्ठ बहूमुखी क्याम्पसकै हिरालक्ष्मी श्रेष्ठ कुल ४ सय ९ अङ्क अर्थात ६८.१६ प्रतिशत सहित नेपाल तृतीय भएकी छन् ।

हालसालै मात्र QAA प्रमाणपत्र प्राप्त गरेको नीलकण्ठ बहूमुखी क्याम्पसका विद्यार्थीले नेपाल टप गरेको यो पहिलो पटक भएको क्याम्पस प्रमुख नवराज शर्माले बताउनु भयो ।


सम्बन्धित खबरहरु