एसइई परीक्षा नगर्ने निर्णय, आन्तरिक मूल्यांकनबाटै नतिजा

ओकेखबर संवाददाता २८ जेष्ठ २०७७, बुधबार २२:३७ मा प्रकाशित ( साल अघि) ५७७ पाठक संख्या

काठमाडौं । कोरोनाका कारण बिथोलिएको यो वर्षको एसईई परीक्षा सञ्‍चालन नगर्ने सरकारले निर्णय लिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय पनि लिएको छ।

मन्त्रिपरिषद्ले परीक्षा नगरी विद्यालयको आन्तरिक मूल्याङ्‍कनबाटै एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको थियो। मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्‍न तीन विकल्प दिइ आज नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्तावबारे मन्त्रिपरिषद्को बैठकले निर्णय लिएको हो।


सम्बन्धित खबरहरु