
६० हजार हाराहारीमा मानिसको मृत्यु भइसकेको गाजामा इजरायली सेनाले सबै आवfसीय भवन ध्वस्त पार्ने गरी नियोजितरूपमा ठूला बम विस्फोट गराइरहेको पाइएको बीबीसीले जनाएको छ। बीबीसीले गरेको अध्ययनमा मानवरहित भवन र बस्तीमा इजरायली सेनाले शक्तिशाली बम खसालिरहेको छ ।

प्राप्त कतिपय फुटेजमा त्यस्ता पूर्वाधार ध्वस्त पारेर त्यहाँको भग्नावेश हटाउने कामसमेत इजरायली सेनाले गरेको बीबीसीको दाबी छ । उपग्रहहरुबाट लिइएको तस्विरमा इजरायली सेनाले योजनाबद्धरूपमा अस्पताल, ठूला आवसीय भवन तथा विद्यालयसमेत भत्काइरहेको छ ।
कानूनका जानकारहरुले यो अवस्थालाई युद्ध अपराध भनेका छन्। जेनेभा कन्भेन्सनअनुसार कुनै पनि युद्धमा पूर्वाधार लक्षित आक्रमण गर्नु युद्ध अपराध हो। तर इजरायली सेनाले हमास लडाकु लुकेको वा हतियार लुकाएको आरोपमा पूर्वाधारमा निशाना बनाएर जगैबाट भत्काउने काम गरिरहेको छ।