०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : प्रचण्ड

ओकेखबर संवाददाता २१ असार २०८२, शनिबार १६:०५ मा प्रकाशित ( हफ्ता अघि) २६ पाठक संख्या
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गरे । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भुमिका संगीतले खेलेको बताए । उनले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरूले बढी भुमिका खेलेको बताए ।

आगामी निर्वाचनको लडाइँमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भुमिका खेल्ने बताए । अध्यक्ष दाहालले भने ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रुपमा तपाईँहरू सबै पनि आफ्नो भुमिका पूरा गर्नुहुनेछ ।’

अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गरे ।


सम्बन्धित खबरहरु