फाइनलमा आज सिंगापुरको सामना गर्दै नेपाल

ओकेखबर संवाददाता २१ असार २०८२, शनिबार ०७:१४ मा प्रकाशित ( हफ्ता अघि) ३५ पाठक संख्या
एसीसी यू-१६ इष्ट जोन कपको उपाधिका लागि नेपालले शनिबार सिंगापुरसँग खेल्दैछ। खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा बिहान पौने ८ बजे शुरु हुनेछ ।

फाइनलसम्म आइपुग्दा नेपाल अपराजित छ। प्रतियोगिताको साविक विजेता समेत रहेको नेपाल अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ। सिंगापुर समूह चरणमा नेपालसँग पराजित भएको थियो ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूह विजेता टोली हङकङलाई हराएको थियो।

शनिबार नै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।


सम्बन्धित खबरहरु