खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन आदेश

ओकेखबर संवाददाता १९ असार २०८२, बिहीबार २०:१४ मा प्रकाशित ( हफ्ता अघि) ५६ पाठक संख्या
सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि बार काउन्सिलले खुला विश्वविद्यालयका विद्यार्थीलाई लाइसेन्स परीक्षाको फाराम भर्न नपाउने भन्दै सूचना निकालेको थियो ।

सर्वोच्च अदालतको इजलासमा न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको नेतृत्वमा यो आदेश जारी गरिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘खुला विश्वविद्यालयका विद्यार्थीलाई फाराम भर्न र परीक्षामा सहभागी हुनबाट वञ्चित नगर्नुपर्छ।’ यस आदेशसँगै विद्यार्थीहरूले अब अधिवक्ताको लाइसेन्स परीक्षामा भाग लिन सक्नेछन् ।

अधिवक्ताको लाइसेन्स परीक्षाको लागि फाराम भर्ने अन्तिम मिति २१ असारसम्म छ । फाराम भर्न नपाएपछि, विद्यार्थीहरू सर्वोच्च अदालतमा पुगेका थिए, जसको फलस्वरूप अब उनीहरूले फाराम भर्न पाउने अधिकार प्राप्त गरेका छन् ।


सम्बन्धित खबरहरु