राजधानी बाङ्गुईको एक विद्यालयमा स्नातक परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी विस्फोटको आवाज र धुवाँ देखेपछि आतिएका थिए । त्यसपछि भागदौड मच्चिँदा २९ विद्यार्थीको ज्यान गएको हो ।
राष्ट्रपति फस्टिन-अर्चेंज टौडेराले घटनालाई लिएर राष्ट्रिय शोकको घोषणा गरेका छन् । साथै, दुर्घटनामा घाइते भएका २ सय ८० भन्दा बढी बालबालिकाको उपचार निःशुल्क गरिने बताएका छन् ।
त्यो बेला राजधानीका पाँच फरक–फरक विद्यालयका विद्यार्थी स्नातक परीक्षा दिन लिसे बार्थेलेमी बोगान्डा स्कूलमा भेला भएका थिए ।