अमेरिकी रक्षा विभागले इरानको थ्रीडी नक्सा पनि सार्वजनिक गरेको छ । अमेरिकाले आज बिहान सार्वजनिक गरेका ती तस्वीरमा आफ्ना सेनाले इरानको फोर्दो परमाणु स्थलमाथि कसरी आक्रमण गरेको थियो भन्ने विवरण देखाइएको छ ।
तस्बिरहरूमा त्यहाँ रहेको दुई वटा भेन्टिलेसन स्याफ्ट (हावा प्रसार गर्ने सुरुङ) देखिएका छन्, जसलाई लक्षित गरेर आक्रमण गरिएको थियो । आक्रमणपछि ती स्याफ्टहरूको अवस्था कस्तो भयो भन्ने पनि देखाइएको छ ।
तस्बिरहरूमा ती स्याफ्टहरू सन् २००८ देखि २०२५ सम्म कसरी निर्माण र विकास भए भन्ने प्रगतिको पनि विवरण दिइएको छ । त्यसका साथै अमेरिकी रक्षा विभागले उक्त स्थलको सम्पूर्ण रूपरेखा र ती स्याफ्टहरू निर्माणबारे आन्तरिक जानकारी पनि सार्वजनिक गरेको छ ।
अमेरिकाले ती दुई स्याफ्टमध्ये प्रत्येकमा छवटा बम प्रयोग गरेको बताइएको छ ।