११ महिनामा मेची भन्सारले उठायो १४ अर्ब ४३ करोड राजस्व

ओकेखबर संवाददाता ९ असार २०८२, सोमबार ०७:१६ मा प्रकाशित ( हफ्ता अघि) ४२ पाठक संख्या
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार संकलनको लक्ष्य राखिएकोमा ७७.५६ प्रतिशत मात्र राजस्व संकलन भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात् आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार संकलन भएको छ । यसैगरी, तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार, कफीबाट २१ करोड ५४ लाख ७० हजार र दलहनबाट २० करोड ७७ लाख ३९ हजार राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

मेची भन्सारबाट चालु आवको ११ महिनामा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार राजस्व संकलन भएको छ । यसैगरी, सोही अवधिमा ४० अर्ब ७७ करोड ६ लाख ४८ हजार बराबरको वस्तु आयात गरिँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।


सम्बन्धित खबरहरु