आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरेर कोषको सम्पत्तिमा हिनामिना र राज्यलाई आर्थिक हानि पुर्याएको भन्दै उनीहरूमाथि मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार परियोजनामा संलग्न व्यक्तिहरूले नियोजित रूपमा प्रक्रिया मिचेर उपकरण खरिद तथा जडानमा अनियमितता गरेका थिए । यसैका आधारमा उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।
विशेष अदालतमा दायर मुद्दामा दोषी प्रमाणित भएमा सम्बन्धित व्यक्तिहरूलाई कैद तथा जरिवानाको सजाय हुन सक्नेछ ।