नेपालका लागि युवा अलराउन्डर रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ३ छक्का र १ चौकासहित अविजित ४३ रन जोडे। तर उनको प्रयास टिमलाई जितसम्म पुर्याउन पर्याप्त भएन । दीपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७ रन बनाए । अन्य ब्याटर भने खासै टिक्न सकेनन् ।
स्कटल्याण्डका बलर क्रिस ग्रेभ्स प्रभावशाली रहे । उनले चार ओभरमा २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो । ओपनर जर्ज मुन्सेले ३९ बलमा ६ छक्का र ५ चौका प्रहार गर्दै शानदार ७८ रनको इनिङ खेले । ब्रेण्डन म्याक्मुलेनले ४२, माइकल लिस्कले २६, र म्याथ्यू क्रसले अविजित १७ रन थपे ।
नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे ।
चार म्याचको यो सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सले समान २-२ खेल जिते र २-२ मा पराजित भए । तर नेट रन रेटमा स्कटल्याण्डले अग्रता लिँदै उपाधि उचाल्यो, जबकि नेपाल रन रेटमा पछि पर्दै उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।