प्रधानमन्त्री ओलीले सिंहदरबार बोलाए देउवा र प्रचण्ड, दिउँसो निर्णायक वार्ता

ओकेखबर संवाददाता ५ असार २०८२, बिहीबार १०:२८ मा प्रकाशित ( महिना अघि) ३० पाठक संख्या
लामो समयदेखि जारी राजनीतिक गतिरोध र संवादहीनता तोड्ने प्रयास स्वरूप देशका प्रमुख तीन दलका शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल गर्दैछन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूसहितको बैठक आयोजना गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २:०० बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछ । दलहरूबीच बढ्दो दूरी र राष्ट्रिय मुद्दाहरूमा देखिएको अविश्वासका बीच हुन लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालका अनुसार, बैठकमा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर गम्भीर छलफल हुनेछ । विशेषगरी संसदमा जारी अवरोध, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद् ऐन र अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सहमतिको खोजी गर्नु बैठककोउद्देश्य रहेको अनुमान गरिएको छ ।


सम्बन्धित खबरहरु