शनिबार साँझ निर्माणाधीन पुल निर्माणका क्रममा भाचिएको थियो । पुल भाचिँदा ६ जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जनाको उपचारका क्रममा आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।
अन्य घाइतेहरू प्रकाश चौधरी, भुलेश्वर चौधरी र अभिषेक चौधरीको थप उपचार भइरहेको प्रहरीले जनाएको छ । ७० मिटर लामो खोलामा मोडुलर पुल वारपार जोडेर सकिनै लागेका बेलामा भाचिएको थियो ।