सुतेकै ठाउँमा मृत भेटिए पूर्वसभासद् वीरेन्द्र जुहारचन

ओकेखबर संवाददाता ३१ जेष्ठ २०८२, शुक्रबार ०८:३६ मा प्रकाशित ( महिना अघि) ५९ पाठक संख्या
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसंविधान सभा सदस्य वीरेन्द्र जुहारचनको निधन भएको छ । माओवादी केन्द्रको जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यसमेत रहेका जुहारचनको ६९ वर्षको उमेरमा मुस्ताङस्थित आफ्नै निवासमा निधन भएको हो ।

पार्टी कार्यक्रममा सक्रिय रूपमा सहभागी भएर जेठ २८ गते राति घर फर्किएका जुहारचन बिहीबार बिहान सुतेकै अवस्थामा मृत फेला परेका थिए । उनको निधन हृदयाघातका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

जुहारचन २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा नेकपा (माओवादी) बाट समानुपातिक प्रणालीतर्फ सभासद् निर्वाचित भएका थिए । उनी मुस्ताङ क्षेत्रमा पार्टीका एक निष्ठावान र सम्मानित नेताका रूपमा परिचित थिए ।

उनको अप्रत्याशित निधनप्रति माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै जुहारचनको निधनले सिंगो पार्टी मर्माहत भएको बताएका छन् । उनले दिवंगत नेताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन र आफन्तमा हार्दिक समवेदना प्रकट गरेका छन् ।


सम्बन्धित खबरहरु