बोइङ ७८७–८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको थियो । उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो ।
विमानमा सवार कुल २ सय ४२ जनामध्ये २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले एक्समार्फत जनाएको छ । एक जना बेलायती मूलका भारतीय नागरिक मात्रै जीवित रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।