अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

ओकेखबर संवाददाता ३१ जेष्ठ २०८२, शुक्रबार ०७:१३ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

गएराति सम्पन्न मतगणनामा कडरिया ७३२ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश पौडेलले ७२५ मत पाए ।

यसअघि पनि एमाले नेतृत्वले कडरियालाई सर्वसम्मत रूपमा अनेरास्ववियुको अध्यक्ष बनाउन खोजेको थियो । त्यसको प्रस्ताव महाधिवेशन हलमा गरिएको पनि थियो । तर, चुनावबाट नेतृत्व चयन हुनुपर्ने माग उठेपछि चुनाव भएको हो ।

त्यस्तै खुला उपाध्यक्षमा विकाश श्रेष्ठ निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी विजयी भइन् । महासचिवमा दीपक धामी निर्वाचित हुँदा उपमहासचिवमा कमल जोशी तथा सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल विजयी भए ।


सम्बन्धित खबरहरु