अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

ओकेखबर संवाददाता ३० जेष्ठ २०८२, बिहीबार ०९:१८ मा प्रकाशित ( महिना अघि) ६९ पाठक संख्या
अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि वीरगञ्ज महानगरले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यान दिँदै जेठ २९ र ३० गते दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिए ।

‘दुई दिन बर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा गरिएको हो’, उनले भने, ‘पठनपाठन बन्द भए पनि सो अवधिमा विद्यालयको प्रशासन भने खुला रहनेछ ।’

पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए ।

नगरपालिकाले बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ ।


सम्बन्धित खबरहरु