ताइवानको पूर्वी तटमा ६.४ म्याग्निच्युडको भूकम्प

ओकेखबर संवाददाता ३० जेष्ठ २०८२, बिहीबार ०८:१८ मा प्रकाशित ( महिना अघि) ५१ पाठक संख्या
ताइवानको पूर्वी तटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पको केन्द्रबिन्दु ३०.९ किलोमिटर गहिराइमा रहेको बताएको छ। रोयटर्सका अनुसार अहिलेसम्म कुनै ठूलो क्षतिको रिपोर्ट आएको छैन।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ५.९ म्याग्निच्युडको रहेको र केन्द्रबिन्दु हुआलियन शहरबाट लगभग ७१ किलोमिटर दक्षिणमा रहेको बताएको छ। भूकम्प आउनुभन्दा ठीक अघि मोबाइल फोनमा अलार्म बज्यो र भवनहरू लगभग एक मिनेटसम्म हल्लिएका थिए ।

ताइवान प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा अवस्थित छ, जहाँ चिलीदेखि न्यूजील्याण्डसम्म विश्वका धेरैजसो भूकम्पहरू जान्छन् ।


सम्बन्धित खबरहरु