आप्रवासी विवाद बढ्दै जाँदा राज्य र सङ्घीय सरकारलाई आमनेसामने उभ्याएको छ । घटनाले राजनीतिक भूकम्प नै ल्याएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध कडा रूपमा प्रस्तुत भएका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले उनीविरुद्ध मुद्दा नै दायर गरेका छन् । ट्रम्पले आफ्नो अधिकार क्षेत्र मिचेर सेना परिचालन गरेको उनको आरोप छ ।
यसले अमेरिकाको सङ्घीय प्रणाली र राज्यको अधिकारबीचको पुरानो बहसलाई फेरि सतहमा ल्याइदिएको छ । सम्पूर्ण विवादको केन्द्रमा छन्, पक्राउ परेका मजदुर नेता डेभिड हेराल्ड । प्रशासनले उनलाई महानगरीय बन्दी गृहबाट अदालतमा पेश गर्ने तयारी गर्दा उनका समर्थकहरू उनको तत्काल रिहाइको माग गर्दै सडकमा छन् । प्रदर्शनकारीहरूले अदालत नजिकैको पार्कबाट आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।
गभर्नर न्युसमले समुद्री सेनाको प्रयोगको कडा आलोचना गर्दै तैनाथ गरिएका सेनालाई आफ्नै नागरिकविरुद्ध कदम नचाल्न अपिल गरेका छन् । ‘यदि तपाईंहरूले आफ्नै देशका बासिन्दाको विरुद्धमा कदम उठाउनुहुन्न भने नायक ठहरिनुहुनेछ,’ उनले भने ।