शुक्रबार बिहान खोजीको क्रममा घटनास्थलबाट झण्डै तीन किलोमिटर दक्षिणतर्फ सशस्त्रका जवान हरदेब राजबंशीकाे शव फेला परेको सशस्त्र प्रहरी वलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनी नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित कोसी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरीय विपद् सेमुलेशन अभ्यासको क्रममा बिहीबार दुईजना सशस्त्र प्रहरी जवान नदीमा बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरी वल नम्बर ६ गण सप्तरी दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्बर ७ गण सिराहो संयुक्त टोलीले बिहीबार संयुक्त अभ्यास गर्ने क्रममा दुई जवान बेपत्ता भएका हुन्।
बिहीबार दिउँसो १५:१० बजेदेखि बेपत्ता नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउद अभ्यासको क्रममा कोसीमा नदिमा बेपत्ता भएका हुन्।
बेपत्ता हुनासाथ उनीहरुको खोजी कार्य सुरु गरिएको थियो