युक्रेनमा आणविक सुरक्षाबारे आईएईएको चासो

ओकेखबर संवाददाता २३ जेष्ठ २०८२, बिहीबार ०८:२६ मा प्रकाशित ( हफ्ता अघि) ३६ पाठक संख्या
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) का महानिर्देशक राफाएल मारियानो ग्रोसीले युक्रेनमा अझै पनि आणविक सुरक्षासम्बन्धी खतरा विद्यमान रहेको भन्दै गम्भीर चासो प्रकट गरेका छन् । युक्रेनको सञ्चार संस्था टीएसएनले बुधबार यसबारे जानकारी दिएको हो ।

मंगलबार युक्रेनको भ्रमणका क्रममा उनले ‘आणविक सुरक्षासम्बन्धी जोखिमहरू अझै पनि वास्तविक छन् र सधैँ रहने खालका छन्’ भनेका छन् । यस्ता दुर्घटना रोक्न संस्थाको उपस्थितिलाई अत्यावश्यक रहेको उनको भनाइ थियो ।

उनले युक्रेनमा रहेका आणविक ऊर्जा केन्द्रहरूमा अन्तर्राष्ट्रिय संस्था (आईएईए) को स्थायी निगरानी रहनु आवश्यक रहेको बताए । जसबाट सम्भावित ठूलो दुर्घटनाबाट जोगिन सकिन्छ भन्ने विश्वास उनको रहेको छ ।

सन् १९८६ अप्रिल २६ गते चर्नोबिलस्थित आणविक केन्द्रको चौथो भागमा भएका विस्फोटहरूका कारण ठूलो दुर्घटना भएको थियो । सो दुर्घटनाबाट निस्किएको विकिरण युक्रेन हुँदै युरोपका अन्य राष्ट्रहरूमा समेत फैलिएको थियो । यो दुर्घटना इतिहासकै सबैभन्दा भयावह आणविक दुर्घटनामध्ये एक मानिन्छ ।


सम्बन्धित खबरहरु