पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नीको निधन

ओकेखबर संवाददाता १६ जेष्ठ २०८२, बिहीबार ०८:२६ मा प्रकाशित ( महिना अघि) ६९१ पाठक संख्या
पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ। उनको पत्नी बिमला महतको गएराति निधन भएको हो। उपचारको क्रममा पौने एक बजे पत्नीको निधन भएको पण्डितले जानकारी दिए।

उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो।

उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्। केही दिन अगाडि अस्पतालको बेडमा पत्नी रहँदा तस्बिर राख्दै पण्डितले भनेका थिए,‘जीवन संघर्ष हो प्रिय , हामी बढी पिडामा छौं, सधैं यस्तै रहँदैन छिटो निकोहोस ! शुभेच्छुक प्रति कृतज्ञ छौँ।’


सम्बन्धित खबरहरु