नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २९७.१६ अमेरिकी डलर र चाँदी ३३.२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।