नेपालमा फेरि देखियो कोरोना, ७ जनामा सङ्क्रमण पुष्टि

ओकेखबर संवाददाता १४ जेष्ठ २०८२, मंगलवार २१:२१ मा प्रकाशित ( हफ्ता अघि) ६२ पाठक संख्या
नेपालमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सातजनामा कोरोना पुष्टि भएको हो। कोरोना सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको डा‍. झाले जानकारी दिए।

उनीहरू निको भएर घर गइसकेका बताइएको छ।


सम्बन्धित खबरहरु