युद्धविरामपछि भारत र पाकिस्तानका सैन्य अधिकारीबीच भयो यस्तो सहमति

ओकेखबर संवाददाता ३० बैशाख २०८२, मंगलवार १०:४० मा प्रकाशित ( महिना अघि) ६० पाठक संख्या
भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएपछि पहिलो पटक दुवै देशका उच्च सैन्य अधिकारीहरूबीच कुराकानी भएको छ ।

सोमबार दुई देशका सेनाका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स (डीजीएमओ) बीच कुराकानी भएको हो । दुई देशका डीजीएमओबीच के कुराकानी भएको हो त्यसको विस्तृत् विवरण आउन बाँकी छ । तर, स्रोतको हवाला दिँदै कुराकानीका केही विषयहरू भने बाहिरिएका छन् ।

बीबीसी हिन्दीले भारतीय सेनाको सूत्रलाई उद्धृत गर्दै दुवै देशले एउटा गोली पनि नचलाउने विषयमा कुराकानी भएको उल्लेख गरेको छ । त्यस्तै कुनै पनि प्रकारको आक्रामकता सुरु नगर्ने लगायतका विषयमा कुराकानी भएको छ ।

दुवै पक्षले बोर्डर इलाका तथा अग्र मोर्चाबाट सैनिकहरूको संख्या घटाउने सुनिश्चितताका लागि कदम उठाउने विमर्श गर्न सहमत भएका छन् ।

पहलगाममा भएको आतंकवादी आक्रमणपछि दुई देशका सैनिकहरूबीच चार दिनसम्म तनाव भएको थियो । त्यसपछि १० मे मा यसलाई रोक्न दुवै देश सहमत भएका थिए ।z


सम्बन्धित खबरहरु