अमृतसरमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी (ग्रामीण) मनिन्दर सिंहले भने, ‘हामीलाई सूचना प्राप्त भयो कि अजनाला थानाअन्तर्गतको एक गाउँका दुई व्यक्तिले पाकिस्तानी गुप्तचर एजेन्सीसँग संवेदनशील जानकारी साझा गरिरहेका छन् ।’
‘हामीले शनिबार पलक शेर मसीह र सूरज मसीहलाई पक्राउ गर्यौँ र विस्तृत रूपमा छानबिन गर्दा थाहा भयो कि उनीहरूले आफ्नो मोबाइल फोनमार्फत संवेदनशील स्थलहरूको तस्वीर तथा भिडियो पठाएका रहेछन्,’ उनले भने ।