संसदमा कांग्रेसले भन्यो- कांग्रेस नबाहिरिएसम्म यो सरकार ढल्दैन

ओकेखबर संवाददाता १२ बैशाख २०८२, शुक्रबार १४:२४ मा प्रकाशित ( महिना अघि) ५५ पाठक संख्या
सत्तारुढ नेपाली कांग्रेसले सरकारको काम गर्ने शैलीसँग सन्तुष्ट नरहेको जनाएको छ । शुक्रबार प्रतिनिधिसभामा कांग्रेसको तर्फबाट बोल्दै प्रमुख सचेतक श्याम घिमिरेले सरकारको गति बढाउन आवश्यक रहेको बताए ।

‘सरकारले गति बढाउनुपर्छ, सुशासनको मामिलामा आक्रामक ढंगले अघि बढ्नुपर्छ । नेपाली जनताले नेपाली कांग्रेस र एमालेजस्ता ठूला पार्टीको बलियो र शक्तिशाली सरकार हो भन्ने कुरा व्यवहारमा महसुस गर्न पाउनुपर्छ । यस हिसाबले अघि बढ्न नेपाली कांग्रेस संसदीय दल सरकारसँग आग्रह गर्दछ,’ उनले भने ।

कांग्रेस सरकारबाट नबाहिरिएसम्म सरकार ढल्दैन भन्ने सबैलाई थाहा भएको र एमालेसँग भएको सहमति अक्षरश: पालना गर्न कांग्रेस प्रतिबद्ध रहेको उनले बताए ।


सम्बन्धित खबरहरु