राष्ट्रपति पौडेलले आह्वान गरे संघीय संसदका दुवै सदनको अधिवेशन

ओकेखबर संवाददाता ३ बैशाख २०८२, बुधबार १४:५३ मा प्रकाशित ( हफ्ता अघि) ५१ पाठक संख्या
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले १२ वैशाख दिउँसो १ बजेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १२ वैशाखको दिउँसो १ बजे बस्ने गरी संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 


सम्बन्धित खबरहरु