सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रिपरिषद्निकट स्रोतले जनाएको छ । यसअघि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । र घिसिङले जवाफ पनि लेखेका थिए । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदबाट हटाउने निर्णय भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै गत साउनबाटै उनलाई पदबाट हटाउने चर्चा चलेको थियो । योबीचमा ऊर्जामन्त्रीस्तरीय निर्णयबाट तीनपटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो ।
आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयबाट हटाउन नमिल्ने जवाफ घिसिङले दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । घिसिङको पदावधि आगामी साउनमा सकिँदै थियो ।