मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागू भएको देशको सन् १९९९ को संविधानको धारा ३०५ को परिमार्जित प्रावधान लागू गरी सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए । ‘यस घोषणाद्वारा रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरूलाई ६ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन गरिएको छ,’ राष्ट्रपतिले भने ।
राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतङ्ककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । सोमबार राति र मङ्गलबारको बीचमा राज्यका कम्तिमा दुई तेल प्रतिष्ठानहरूमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको आरोप छ ।
देशका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण आपतकालीन अवस्था घोषणा गर्न आंशिक रूपमा बाध्य भएको बताए । राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनित गरे ।
‘यो अपरिहार्य हस्तक्षेपले रिभर्स राज्यमा शान्तिव्यवस्था पुनर्स्थापति गर्न मद्दत गर्नेछ भन्ने मेरो दृढ आशा छ,’ उनले भनेका छन् ।