मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालिन राजा शाहले भिलेनको रुपमा भुमिका खेल्नुभएको टिप्पणी गरे ।
उनले पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलार्य सहयोग गरेको बताए । सात राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर उनको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पार्नुभएको बताए ।
अध्यक्ष दाहालले भने, ‘गणतन्त्रको निम्ति आधार तयार हामीले पार्यौँ । र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो । उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष..। उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए, नेताहरुलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे । भिलेनको रुपमा ज्ञानेन्द्रको भुमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ । अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कला बिहीन नाटक प्रदर्शन गरिएको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेका छन् । फेरि पनि ज्ञानेन्द्र शाहको भुमिका महत्वपूर्ण नै हुन्छ । कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ । भिलेन सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आयो भने तागतका साथ काम गर्दछ ।’