बार्सिलोनाले शीर्ष स्थानको रियलसँगको दूरी घटायो २ अंक

ओकेखबर संवाददाता २८ माघ २०८१, सोमबार ०९:०९ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या
स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानको रियल म्याड्रिडसँगको अंक दूरी २ अंकमा झारेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिलाविरुद्ध सानदार जित निकालेसँगै उपाधि होडमा फर्किएको हो।

खेलको पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा फेर्मिन लोपेज मैदान प्रवेश गर्दै पहिलो मिनेटको पहिलो टचमै सानदार ‘हेडर’मार्फत बार्सिलोनालाई अग्रता दिलाएका थिए।
तर, केही मिनेटमै उनले ड्जिब्रिल सोउमाथि गम्भिर ट्याकल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा सिंधै रातो कार्ड पाएर उनी मैदानबाट बाहिरिए।

त्यसअघि खेलमा ७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले इनिगो मार्टिनेजको हेडरलाई पोस्टको दिशा दिंदै बार्सिलोनाका लागि सिजनको १९ औं गोल गरे।

एकमिनेट पछिनै सेभियाका रुबेन वर्गासले पूर्व बार्सिलोनाका मिडफिल्डर साउल निग्वेजको पासमा गोल गर्दै बराबरी गोल गरे। खेलमा ५५ औं मिनेटमा राफिन्हाले गोल गर्दै खेलमा ३-१ को अग्रता दिलाउन सफल भए। एरिक गार्सियाले खेलको अन्तिम समयतिर अर्थात ८९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४-१ को सहज जित दिलाए।

यसअघि रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड ले १-१ गोलको बराबरी खेलेका कारण बार्सिलोनाले अंक तालिकामा उनीहरूसँगको दूरी घटाउन सफल भयो।

लालिगाको अंक तालिकामा २३ खेल सकिँदा रियल म्याड्रिड ५० अंकका साथ शीर्ष स्थानमा छ। त्यस्तै एट्लेटिको म्याड्रिडको ४९ अंकसहित दोस्रो स्थानमा रहँदा ४८ अंक बनाएको बार्सिलोना तेस्रो स्थानमा रहेको छ।


सम्बन्धित खबरहरु