सल्यान महोत्सवमा आगजनी, करोडौं मूल्य बराबरको सामान जलेर नस्ट

ओकेखबर संवाददाता २७ माघ २०८१, आईतवार ०६:५६ मा प्रकाशित ( महिना अघि) ६७ पाठक संख्या
सल्यानमा लागेको महोत्सवमा आगलागी भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकाे दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो ।

८ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नस्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा हिजो ८ औं दिन राति आगलागी हुँदा करोडौं मूल्य बढीको सामान जलेर नस्ट भएको हो ।

महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिए । उनका अनुसार गएराति ११ वजे स्टलमा आगलागी भएको हो । आगलागीबाट ८ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार क्षतिको विवरण आउन र आगो के कसरी आगलागनी भएको अनुसन्धान भैरहेको छ ।


सम्बन्धित खबरहरु