न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई सो सजाय तोकेका हुन् । पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।
राईमाथि नैतिक पतन देखिनेगरी कसूर ठहर भएको भट्टराईले बताए । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए । माघ १० मा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो ।