झापाबाट काठमाडौंका लागि छुटेको ईभी गाडी सिन्धुलीमा दुर्घटना

ओकेखबर संवाददाता २५ माघ २०८१, शुक्रबार ०८:२० मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या
झापाबाट काठमाडौंका लागि छुटेको ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना भएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, जसमा ४ पुरुष र २ महिला रहेको प्रहरीले जनाएको छ ।

 

घाइतेमध्ये दुई पुरुषको अवस्था गम्भीर छ भने बाँकी चार जनाको अवस्था मध्यम रहेको छ । बागमती प्रदेश ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार, दुर्घटना बिहान करिब पौने ४ बजेतिर वीपी राजमार्ग अन्तर्गत सिन्धुली क्षेत्रमा भएको हो ।

गाडी आफैं अनियन्त्रित भएर सडकबाट तल खसेको अनुमान छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु