गुन्डागर्दीमा सक्रिय सातजना काठमाडौंबाट पक्राउ, टिकटक भिडिओबाट खुलेको थियो पहिचान

ओकेखबर संवाददाता २४ माघ २०८१, बिहीबार ०६:५२ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या
प्रहरीले गुन्डागर्दीमा सक्रिय रहेको आरोपमा काठमाडौंबाट सातजना पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार ती व्यक्तिहरूलाई आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।

सामाजिक सञ्जाल‘‘टिकटक’मा खुकुरी र तरवार प्रयोग गरी केक काटेको भिडियो पोस्ट गरी आतंक फैलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिहरूले आतङ्क सिर्जना गरेर अवैध असुली धन्दा समेत सञ्चालन गर्दै आएका थिए । हाल उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरू विरुद्ध विस्तृत अनुसन्धान अघि बढाइरहेको छ ।


सम्बन्धित खबरहरु