नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। त्यसैले नेपाललाई आज यो खेल जित्नै पर्ने दबाब छ । नेपाल दुई खेलमा अंकविहीन बनेर समूहको पुछारमा छ । अस्ट्रेलिया भने चार अंकका साथ समूहको शीर्षस्थानमा छ ।
सुपर सिक्समा पुग्ने नेपालको गणितीय सम्भावना मात्रै बाँकी रहेको देखिन्छ । नेपालले यसअघि स्कटल्यान्ड र बंगलादेशसँग हार बेहोरिसकेको छ । नेपालाई पछिल्लो खेलमा बेहोरेको हारबाट पाठ सिकेर खेल्ने मौका छ । नेपाली महिला क्रिकेटको इतिहासमा खेलिएको यो नै पहिलो विश्वकप हो ।