मधेशका स्वास्थ्यमन्त्री सिंह सवार गाडी दुर्घटना

ओकेखबर संवाददाता ८ माघ २०८१, मंगलवार ०८:५१ मा प्रकाशित ( हफ्ता अघि) १५ पाठक संख्या
जनकपुरधाम । जनकपुरधाममा दुई सरकारी गाडी आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन् । सोमबार राति करिब साढे ९ बजे रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२-००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३-००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ । दुर्घटनामा मन्त्री सवार गाडीका चालक र सुरक्षाकर्मी पनि घाइते भएका छन् । मन्त्री सिंहलाई अस्पतालमै पुगेर मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य लाभको कामना गरे । उनले मन्त्रीजीको स्वास्थ्य स्थिति खतरामुक्त रहेको र घटनाबारे छानबिन गर्न धनुषा प्रहरीले डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको बताएका छन् ।

मन्त्री सिंहको गाडीमा ठक्कर दिने गाडी खानेपानी डिभिजन पर्साको रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । ‘मन्त्री सिंहसहित तीनै जनाको अवस्था सामान्य छ’, उनले भने। उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन् । दुर्घटनामा मन्त्री सवार गाडीका चालक र सुरक्षाकर्मी पनि घाइते भएका एसपी तिवारीले बताए । दुर्घटनामा परेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।


सम्बन्धित खबरहरु