स्कटल्यान्डसँग पनि हार्यो नेपाल

ओकेखबर संवाददाता ७ माघ २०८१, सोमबार १६:४५ मा प्रकाशित ( हफ्ता अघि) १६ पाठक संख्या
आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।

जितका लागि ७४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । एक समय जित नजिक पुगेको नेपाल खराब फिल्डिङका कारण पराजित हुन पुग्यो ।

स्कटल्यान्डको जितमा पिप्पा स्प्रुलले सर्वाधिक ३५ रन बनाइन् । गेब्रिएला फन्टेनला १२ रनमा र क्रिस्टी म्याककोल ६ रनमा नटआउट रहिन् ।

एमी बाल्डीले ५, पिप्पा केली शून्य, एम्मा वाल्सिङहमले १, मिएम्ह मुइरले १, नायमा शेखले ३ रनको योगदान दिइन् ।

चार्लोट नेभार्डले १, मोली बारबोर–स्मिथले २ र माइसी मासेइराले २ रन बनाइन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २–२ विकेट लिए । कप्तान पूजा महतो र कृष्मा गुरुङले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन जोड्यो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । ओपनर सावित्री धामीले १० रन बनाइन् ।

ज्योत्सनिका मरासिनी र किरण कुँवरले समान ४–४ रन बनाइन् । रिया शर्मा र कृष्मा गुरुङले समान २–२ रन जोडिन् ।

साना प्रवीण र सना प्रवीणले समान १–१ रनको योगदान दिइन् । एलिशाकुमारी यादवले ३ रन जोडिन् । रचना चौधरी शून्य रनमा आउट भइन् भने अनु कडायत ५ रनमा नटआउट रहिन् ।

स्कटल्यान्डका लागि माइसी मासेइराले सर्वाधिक ५ विकेट लिइन् । एमी बाल्डी र नायमा शेखले समान २–२ विकेट लिइन् । क्रिस्टी म्याकोलले १ विकेट हात पारिन् ।


सम्बन्धित खबरहरु